मनकामना केवुलकारकाे सञ्चालन समय हेरफेर

नेपाल कै पहिलाे केवुलकार मनकामना केवुलकारले काेभिड–१९ काे कारण कम हुदै गएकाे यात्रु तथा दर्शनार्थीकाे संख्यालाइ ध्यानमा राख्दै तत्काल सेवा बन्द नगर्ने तर सञ्चालन समय भने परिवर्तन हुने बताएका छन । काेराेनाका कारण अस्तव्यस्त भएकाे देशकाे पर्यटन उद्याेगलाइ हालकाे अवस्थामा धान्न पनि धाै धाै परिरहेकाे विषम परिस्थितिलाइ मध्यनजर गर्दै यहि माघ १० गते साेमबारकाे दिन देखि हाल माघ मसान्तसम्मकाे लागी केवुलकारकाे सञ्चालन समय विहान ९ बजे देखि बेलुका ५ बजेसम्म रहने बताएका छन ।
यस बिच साबिक कै अनुसार लञ्च ब्रेक दिउसाे १२ बजेदेखि १ः३० बजेसम्म रहने समेत जानकारी गराएका छन ।